२१ माघ, काठमाडौँ। अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाले धेरै प्रतिक्रिया दिए थप कर लगाउने चेतावनी दिएका छन् ।अमेरिकाले लगाएको करविरुद्ध क्यानाडालाई धेरै प्रतिक्रिया नदिन भन्दै ट्रम्पले यस्तो धम्की दिएका हुन्।
अमेरिकाले क्यानाडामाथि २५ प्रतिशत कर लगाएको थियो भने यसको जवाफमा क्यानडाले पनि अमेरिकी सामग्रीमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।
बिबिसीका अनुसार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यदि क्यानाडाले अमेरिकाले लगाएको करको जवाफमा धेरै प्रतिक्रिया दिन्छ भने क्यानाडामाथि थप कर लगाइने बताएका हुन्। ट्रम्पले धम्कीपूर्ण भाषामा भने,’ ‘यदि उनीहरूले खेल खेल्न चाहन्छन् भने मलाई कुनै समस्या छैन। जे खेल खेल्न चाहन्छन् त्यसका लागि हामी तयार छौँ।’ क्यानाडाका मानिसहरूलाई माया गर्छु तर म क्यानाडाका नेतासँग सहमत छैन र त्यहाँ केही हुनेवाला छ।’
ट्रम्पले अमेरिकाका उत्तरी छिमेकी राष्ट्रहरूले लामो समयसम्म अमेरिकाको अपमान गरेको आरोप समेत लगाएका छन्।