२२ माघ, काठमाडौँ । कौण्डिन्य गोत्रीय महासमाजको वनभोज तथा भेटघाट कार्यक्रम फागुन ३, २०८१ मा सम्पन्न हुने निश्चित भएको छ । आज महासङ्घका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले रु १२ सयको कुपन किनेर महासमाजको कुपनको उद्घाटन गरेका छन् ।
उद्घाटनकै दिन आज एक सय जना कौण्डिन्य गोत्रीय बन्धुहरूको कुपन काटेको आफूलाई रेकर्ड आएको महासमाजका महासचिव नारायण प्रसाद न्यौपानेले जानकारी दिए । एक व्यक्तिको १२ सय पर्ने र पिकनिक तथा भेटघाट बालाजु २२ धारा रहेको र उक्त स्थानमा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म कार्यक्रम रहने वनभोज समितिका सदस्य नुमाकान्त पाठकले जानकारी दिए ।
आचार्य बन्धु समाज नेपालका केन्द्रीय महासचिवसमेत रहेका वरिष्ठ अधिवक्ता डा शुभनराज आचार्यले कुपन काट्दै काठमाडौँमा उपलब्ध सबै थरका कौण्डिन्य गोत्रीय बन्धुहरूलाई उक्त कार्यक्रममा उपस्थित हुन आग्रह गरे । यसै गरी पराजुली समाजका केन्द्रीय अध्यक्ष विश्वम्भर कृष्ण पराजुलीले कौण्डिन्य गोत्रीय बन्धुहरूको वनभोजका कारण पराजुली समाजको बनभोजलाई फागुन १० गतेका लागि तय गरिएको बताए ।
वनभोजका लागि बाँसकोटा समाजका तर्फबाट प्रतिनिधित्व गरेकी मिना कुपन काट्दै बाष्कोटा समाजको प्रतिनिधित्व कार्यक्रममा प्रभावकारी रूपमा रहने बताइन् । वरिष्ठ अधिवक्ता एवं उपाध्यक्ष विष्णु प्रसाद बाँस्कोटाले महासमाजको वनभोज कार्यक्रममा कम्तीमा एक हजार बन्धुहरूको उपस्थिति रहनुपर्ने विचार व्यक्त गरे ।
अध्यक्ष तथा कार्यक्रमका संयोजक बाबुराम आचार्य(९८५१०२७२८३)ले वनभोज कार्यक्रम सभ्य र भव्य बनाउन अहिले १८ थरका बन्धुहरूको कम्तीमा १ थरको एक सदस्य रहेको २५ सदस्यीय वनभोज तयारी समिति गठन गरिएको र उक्त तयारी समितिले कार्यसमितिको मातहतमा रहेर वनभोजका सम्पूर्ण कार्यहरू गर्ने भन्दै केन्द्रीय कार्यालय मध्यबानेश्वरमा आएर वा आफ्नै थरका तयारी समितिका सदस्यहरूमार्फत कुपन काट्न सकिने हुँदा कुपन काटेर वनभोज कार्यक्रमलाई सफल बनाउन लागि पर्न आग्रह गरेका छन् ।

वनभोज तथा भेटघाट कार्यक्रममा पूर्व सभामुख अग्नि सापकोटा, नेकपा एमालेका नेता गोकुल बाँस्कोटा, सङ्गीतकार सम्भूजीत बाँस्कोटा, पूर्व मन्त्री नीलाम्बर आचार्य, पूर्व अर्थमन्त्री महेश आचार्य, पूर्व मुख्यमन्त्री भीम प्रसाद आचार्य, पूर्व मन्त्री सुरेन्द्रराज आचार्य, सांसद गणेश पराजुली पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्व मन्त्री हरिप्रसाद पराजुली, सांसद गणेश पराजुली, शोभाकार पराजुली, व्यावशायी अजय सुमार्गी पराजुली, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति धर्मकान्त बास्कोटालगायत, पूर्व राज्यमन्त्री दीपक प्रकाश बास्कोटा, पूर्वमन्त्री हरि प्रसाद न्यौपाने, पूर्व मन्त्री बद्री न्यौपाने, पूर्व मन्त्री कमला न्यौपाने, पूर्व मन्त्री मुकुन्द न्यौपाने, पूर्व सांसद बलराम बास्कोटा, पूर्व अर्थ सचिव कृष्णहरी बाँस्कोटा, सभासद मुक्ती प्रसाद पाठक, साँसद ठाकुर गैरे, लगायत कौण्डिन्य गोत्रीय बन्धुहरूलगायत विशिष्ट बन्धुहरूलाई निम्ता गर्ने महासमाजले जनाएको छ । थप जानकारी लागि www.kaugmas.org गर्न अाग्रह गरिएकाे छ ।




