२३ माघ, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ। सहारा चितवन सहकारी ठगीको अभियोगमा थुनछेक बहस नसकिएपछि उनलाई न्यायाधीश दयाराम ढकालको इजलासले प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो।
उनलाई भोलि बिहान फेरी १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ। यसअघि थुनछेक बहस हेर्दाहेर्दैमा हुँदा रुपन्देहीमा कानुन व्यवसायी र पत्नीको जिम्मा लगाइएको थियो तर कास्की र काठमाडौँ अदालतले चितवनमा जस्तै हिरासतमा राख्ने आदेश दिएका थिए।
यी तीन वटै अदालतबाट उनी धरौटीमा रिहा भईसकेका छन्।
चितवनमा रविसहित ३२ जनालाई प्रतिवादी बनाउँदै मंगलबार दोस्रो चरणको अभियोग पत्र दर्ता भएको थियो। अभियोग दर्ता भएको भोलिपल्टै उनी अदालतमा हाजिर भएका थिए।