आर्थिक

नेपालको बैङ्क तथा वित्तीय क्षेत्र सुरक्षित छ :बैंकर्स सङ्घ (विज्ञप्ति सहित) 

२५ माघ, काठमाडौँ। नेपाल बैंकर्स सङ्घ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैंकर्स सङ्घले आज संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपालको बैङ्क तथा वित्तीय क्षेत्र सुरक्षित रहेको स्पष्ट पारेका छन्। चार वटा सङ्घहरूले विज्ञप्ति  मार्फत बैंकिङ्ग क्षेत्रमा भइरहेको केही अराजक गतिविधिहरू र सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाहरू प्रति गम्भीर र सतर्क रहन समेत आग्रह गरेका छन्।  

,’यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरू प्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्त (Basel लगायत) को व्यवस्थाहरू तथा नेपाल राष्ट्र बैङ्कले तोकेको नीतिगत व्यवस्थाहरूको पालना गर्दै बैंकिङ्ग क्षेत्र उदाहरणको रूपमा स्थापित भएको उनीहरूको दाबी छ।