राजनीति

देशमा फेरि एउटा ठुलो आन्दोलनको आवश्यकता महसुस हुँदैछ : अध्यक्ष दाहाल

२७ माघ, काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले देशमा ठुलो आन्दोलनको आवश्यकता महसुस गरेको बताएका छन् । आज काठमाडौँमा आयोजित संविधान निगरानी समूह र आईएसएसआरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्। 

दाहालले नेपालमा एउटा ठुलो आन्दोलन आवश्यक हो कि भनेर आफुलाई नै लाग्न थालेको बताउँदै के देशले फेरि एउटा अर्को आन्दोलन खोजेको हो ? भन्दै प्रश्न गरेका थिए। तर आफू विद्रोहतर्फ जानै लागेको भन्ने अर्थ चाहिँ नलगाउन पनि उनले सबैमा आग्रह गरेका थिए ।

उनले जनतामा निराशा बढेको बढ्यै भएकाले बिस्तारै मानिसहरूमा आन्दोलनको कुरा मनमा आइरहेको बताउँदै  ‘जनतामा निराशा बढेको बढ्यै छ । अब प्रश्न चाहिँ बिस्तारै मानिसहरूको मनमा आउँदै छ,’ उनले भने ।

विद्रोह गर्ने निष्कर्षमा पुगेँ भन्ने अर्थ नलगाउन भन्दै उनले युवाहरूमा देखिएको फ्रस्टेसन देख्दा नेतृत्वले पनि संविधान मिच्ने काम गर्दै आएको आरोप समेत लगाए।

 अहिलेको सरकार संविधानसम्मत नभएको दाहालको भनाइ थियो।