प्रदेश 1

उराँव लोक सांस्कृतिक कार्यक्रम

२८ माघ, सुनसरी । सदरमुकाम इनरुवामा आइतबार दोस्रो उराँव लोक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानको योजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उराँव समुदायको जातीय कला संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले बताए ।

त्यस अवसरमा भोक्राहा नरसिंह, इनरुवा, गढी, दुहबी, बर्जु, देवानगञ्ज, हरिनगर, बराहक्षेत्रका साथै मोरङका विराटनगर, बुढीगङ्गा, सुन्दहरैचा, पथरी शनिश्चरे, कटहरी र उदयपुरको बेलका नगरपालिकाका उराँव विद्यार्थीले आफ्नो समुदायका विविधि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।