२८ माघ, काठमाडौँ । काठमाडौँको चाबहिलमा दुई समूहबिच झडप हुँदा एक युवकको हत्या भएको छ ।
चाबहिलको कुमारीगाल भन्ने ठाउँमा आज बिहान दुई समूहबिच झडप हुँदा एक जनाको हत्या भएको प्रहरीले जानकारी दिएको हो।
प्रहरीले झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ गरेको छ भने पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन ।
घटनाको अनुसन्धानको लागे भन्दै घटनालाई गोप्य राखेर अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।