५ फागुन, काठमाडौँ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा भ्रष्टाचार ऐन संशोधन विधेयक हुने भएको छ। दिउसो १ बजे बस्ने संसद् बैठकमा उक्त विधेयक अघि बढाउन लागिएको हो।
राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव गर्ने समावेश छ । आजैको प्रतिनिधि सभा बैठकबाट यो विधेयक पारित गर्ने तयारी छ ।
केही दिन अघि बसेको प्रतिनिधि सभाको बैठकमा पेस गर्ने भनिएको उक्त विधेयकलाई कार्यसूचीबाट हटाएपछि प्रतिपक्ष दलहरूले विरोध गरेका थिए। यसै विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूबिच जुहारी चलेको थियो।





