राजनीति

नेपालका विद्यार्थीलाई छात्रावासबाट निकाल्ने निर्णय: राजदूतावासको पहलमा शैक्षिक संस्थाले गर्यो सुरक्षा सुनिश्चित

५ फागुन, काठमाडौँ । भारतको ओडिसा राज्य स्थित एक शैक्षिक संस्थामा नेपाली विद्यार्थीहरुलाई छात्रावासबाट निकालिएको सूचना प्राप्त भएपछि, नेपाली राजदूतावासले उक्त संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेको छ। यस छलफलमा नेपाली विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गर्दै, शैक्षिक संस्थाको छात्रावासमा बस्ने व्यवस्था र कक्षा संचालनको लागि आवश्यक कदम उठाउन अनुरोध गरिएको थियो।

राजदूतावासका अनुसार, सो शैक्षिक संस्थाले विद्यार्थीहरुलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई कक्षा संचालनको व्यवस्थापन गर्दै, सबै नेपाली विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गरेको छ।

त्यसै गरी, नेपाली विद्यार्थी स्व. प्रकृति लम्सालको निधनको घटनासम्बन्धी पनि राजदूतावासले स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गर्दै, शैक्षिक संस्थाले यस विषयलाई गम्भीरतासाथ लिने प्रतिबद्धता व्यक्त गरेको छ।