समाचार

ललितपुरको लगनखेलमा एक व्यक्ति मृत भेटिए

६ फागुन, काठमाडौँ । ललितपुर महानगरपालिका–१९ लगनखेलमा एक पुरुष मृत फेला परेका छन् । घरको पाँचौँ तलामा फेला परेका मकवानपुरको चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर हुन् ।

उनी लगनखेलमा राजु अवाले नाम गरेका व्यक्तिले सञ्चालन गरेको भैरव लुम्बिनी तन्दुरी भोजनालयमा काम गर्दै आएका थिए ।

मानन्धर सोही  घरको पाँचौँ तलामा मृत फेला परेको प्रहरीले जनाएको छ ।