अन्तर्राष्ट्रिय

पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड

७ फागुन, लिमा । पेरुमा मादक पदार्थ सेवन गरी आएका एक व्यक्तिले ५०० वर्ष पुरानो पुरातात्विक वस्तु ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड गरेको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

प्रहरीका अनुसार ३० वर्षीय ती व्यक्तिले हथौडाले ढुङ्गामा प्रहार गरेको नजिकैको सिसिटिभी क्यामेरामा रेकडमा देखिएको थियो।

प्रहरीका अनुसार कुस्को शहरमा भएको घटनापछि उनलाई पक्राउ गरिएको छ ।

कुस्को प्रहरी चौकीका प्रमुख हेनरी भाल्डेजले सरकारी समाचार संस्था एन्डिनालाई बताएअनुसार गेब्रियल रोयसी नाम गरेका ती व्यक्ति रक्सी वा लागूपदार्थको नशामा थिए।

पेरुको संस्कृति मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ‘प्रतीकात्मक पत्थरको संरचना’ लाई धेरै टुक्रामा तोडिएको जनाएको छ ।

कुस्कोको संस्कृति मन्त्रालयका निर्देशक जर्ज मोयाले भने, “वर्तमान नियमअनुसार यो कार्य संस्कृतिमाथिको आक्रमण हो र यसका लागि छ वर्षसम्मको जेल सजाय हुन सक्छ ।”

यस घटनाले प्राचीन संस्कृतिका लागि संरक्षित ५०० वर्ष पुरानो पुरातात्विक वस्तु ट्वेल्भ एङ्गल स्टोन’मा ‘अपूरणीय क्षति’ पु¥याएको उनले बताए।