१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ र शिक्षा मन्त्रालयका केही एजेन्डाहरु रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने बारे छलफल हुन सक्ने बताइएको छ। ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई प्राधिकरणबाट हटाउन पर्ने भन्दै पटक पटक पत्र लेख्दै हटाउने प्रयास गरिरहेका छन्। आजको बैठकमा पनि यस विषयमा छलफल हुन सक्ने सम्भावना रहेको बताइएको छ।
केही दिनअघि सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई घिसिङलाई हटाउने बारे सोध्दा उनले ‘ऊर्जामन्त्रीलाई नै थाहा होला’ भनेर पन्छिएका थिए।





