१२ फागुन, काठमाडौँ । ठमेलमा ड्युटीमा खटिएका प्रहरी कुट्ने एमाले अखिलका विद्यार्थी नेताहरूलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई भने जनही १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । रमेश फुलारालाई भने १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
यो समूहले २४ माघको राति ठमेलमा ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो ।
जोशीको समूहबाटले क्विक रेस्पोन्स टिम (क्यूआरटी) को टोलीमाथि आक्रमण गरेको थियो । आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइते भएका थिए ।