समाचार

सामाजिक सञ्जाल राज्य र समाजका लागी चुनौती भएको छ : प्रधानमन्त्री ओली 

१५ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको दुरुपयोग गर्दै डिजिटल युगमा अपराधीहरू यसको सहायताबाट अपराध गर्न उद्धत भइरहेको बताएका छन् ।

आज काठमाडौँमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल भलाइ र मानवीय सुखका लागि प्रविधिको प्रयोग हुनुपर्ने भए पनि यसको सदुपयोग भइरहेको बताएका हुन् । 

प्रविधिले सुविधा दिएसँगै यसबाट अनुचित लाभ लिन खोज्ने र अपराध गर्नेहरू रहेको बताउँदै प्रधानमन्त्री ओलीले यही विषय नै चुनौती भएको जिकिर गरे। प्रविधिको दुरुपयोगले सामाजिक अपराधहरू बढ्दै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले ‘विकास भए पनि बेथितिहरू धेरै आइरहेका र थिति बस्न नसकेको बताउँदै यसबाट बच्न जरूरी रहेको औँल्याए। 

प्रधानमन्त्री ओलीले भने,’अहिले प्रविधि राज्य र समाजका लागी चुनौती भएको छ, प्रविधिको सहायतामा सञ्चालित सामाजिक सञ्जालहरू सभ्य समाज र राज्यका लागि अवरोध भएर आएका छन् ।’,

समाजको खुसीका लागि पनि सामाजिक सञ्जालहरू बाधा बनिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।उनले मानिसहरू क्षणिक रूपमा खुसी भए पनि सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको बताएका हुन्।