सामाजिक सञ्जाल

राजावादी, हिन्दुवादी, राष्ट्रवादीहरू एकढिक्का भएर राजालाई सहयोग गर्न नसक्नु दुर्भाग्यपूर्णः कमल थापा

१५ फागुन, काठमाडौं । राप्रापा नेपालका अध्यक्ष कमल थापाले राजावादी, हिन्दुवादी, राष्ट्रवादी भन्नेहरू एकठाउँमा उभिन नसक्नु र एकढिक्का भएर राजालाई सहयोग गर्न तयार छौँ भन्न नसक्नु दुर्भाग्यपूर्ण छ भनेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै, ‘हामी एक हुन सक्दैनौं भने अरुलाई के भन्ने ?’ भनेका छन् ।

सामाजिक सञ्जालको उनको भनाईः राजा स्वयंले देशलाई संकटबाट मुक्त तुल्याउन म जुनसुकै त्याग गर्न तयार छु तथा मलाई साथ दिनुहोस् भनि आह्वान गरेको बेलामा पनि हामी राजावादी, हिन्दुवादी, राष्ट्रवादी भन्नेहरू एकठाउँमा उभिन नसक्नु र एकढिक्का भएर राजालाई सहयोग गर्न तयार छौँ भन्न नसक्नु दुर्भाग्यपूर्ण छ।
हामी एक हुन सक्दैनौं भने अरुलाई के भन्ने ?