१९ फागुन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अधिकतम प्रयास गरे पनि हटाउन सकेका सकेका छैनन्। उनले कुलमानलाई हटाउनको लागी पाँच पटक स्पष्टीकरण सोधिसकेका छन्।
विभागीय मन्त्रीले पाँच पटक स्पष्टीकरण माग्दा पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई जिम्मेवारीबाट हटाउन नसकेपछि अब मन्त्रिपरिषद्बाटै स्पष्टीकरण माग्ने तयारी गरिएको बुझिएको छ।
मन्त्रिपरिषद्बाटै स्पष्टीकरण सोध्नको लागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई स्पष्टीकरण लिन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेको हो।
मन्त्रालयले पछिल्लो पटक स्पष्टीकरण माग्दै पठाएको पत्रको जवाफमा कुलमानले ऊर्जा मन्त्रीसँग स्पष्टीकरण लिने र कारबाही गर्ने कानुनी अधिकार नरहेको भन्दै जवाफ फर्काएका थिए। कुलमानको जवाफका विषयमा मन्त्रालयमा गम्भीर छलफल भएको र मन्त्रालयले नसकेपछि अब मन्त्रिपरिषद्बाटै स्पष्टीकरण माग्ने तयारीमा मन्त्री खड्का लागेका हुन्।





