समाचार

पूर्व युवराज पारसलाई हृदयघात, नर्भिक अस्पताल लगियो

१९ फागुन, काठमाडौँ ।पूर्व युवराज पारस शाहलाई हृदयघात भएको छ। 

उनलाई हृदयघात भएपछि हिजो साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको बताइएको छ। 

 हिजो साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको र अस्पतालले सबै ठिक रहेको जनाएको निर्मल निवास स्रोतले जनाएको छ।

शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ ।

 पूर्व युवराज शाहलाई डेढ बर्ष अघि पनि हृदयघात कै कारण अस्पताल भर्ना गरिएको थियो।