१९ फागुन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसिरहेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बैठक बसिरहेको हो।
बैठक दिउँसो ३ बजेदेखि सुरु भएको माओवादी स्रोतले जानकारी दिएको छ। तराई-मधेस जागरण अभियान सञ्चालन गरिरहेको माओवादी केन्द्रले आजको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने विषयमा छलफल हुने बताइएको छ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टी राजनीतिमा फर्किए पनि उनको पार्टीको जिम्मेवारी टुङ्गो लागेको छैन। यद्यपि उनी उपाध्यक्षकै हैसियतमा पार्टी बैठकमा सहभागी हुन थालेका थिए। उनी लगायतको जिम्मेवारीको टुङ्गो लगाउनेबारे बैठक केन्द्रित रहने बुझिएको छ।





