२० फागुन,काठमाडौँ। ललितपुरको टिकाथलीमा बोरिङ खन्ने क्रममा ग्याँस निस्किएर आगो बलेको छ।
बोरिङको लागि पाइप गाडेको ठाउँमा आगोको ज्वाला दन्किएपछि निभाउने प्रयास भइरहेको प्रहरी परिसर ललितपुरले जानकारी दिएको हो ।
करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको हो। पानी छ्यापेर आगो निभाउने प्रयास भए पनि आगो भने निभेको छैन। पाइप गाडेकै ठाउँबाट आगोको ज्वाला निस्किएपछि बोरिङ गर्ने काम पनि रोकिएको छ।
बोरिङ खन्ने क्रममा आज बिहान साढे नौ बजे तिर आगोको ज्वाला निस्किएको हो।
भूमिगत ग्यासको कारण त्यहाँ आगोको ज्वाला निस्किएको अनुमान गरिएको छ। घटनास्थलमा अहिले ललितपुर महानगरको टोली र प्रहरीको टोली पुगेको छ ।





