समाचार

ललितपुरको टिकाथलीमा बोरिङ खन्दा निस्केको आगोको ज्वाला निभाइयो 

२० फागुन, काठमाडौँ । आज बिहान ललितपुरको टिकाथलीमा बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला निभाइएको छ ।

बोरिङको पाइपबाटै आगोको ज्वाला निस्किएपछि स्थानीय र सुरक्षाकर्मीको टोलीले  फायर स्टेङ विसरको सहयोगमा लामो समयको प्रयासपछि निभाइएको हो ।स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरे पनि आगो नियन्त्रणमा आएको थिएन। 

एक स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको थियो ।

करिब १२ बजेतिर उक्त आगोको ज्वाला नियन्त्रणमा आएको बताइएको छ।