समाचार

काँग्रेसले सबै सांसदहरूलाई भन्यो : भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुनु 

२० फागुन, काठमाडौँ । नेपाली काँग्रेसले भोलि बुधवार बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएको छ ।

 दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले जारी गरेको अध्यादेश पारित गर्नका लागि आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको हो। 

‘फागुन २१ गते १ बजे बस्ने संसद् बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ,’ सांसदहरूलाई पठाइएको सन्देशमा उल्लेख छ ।

सरकारले भूमि सम्बन्धी बाहेकका अध्यादेश पारित गर्नका लागि भोलि संसद्‌मा पेस गर्दै छ ।