२० फागुन, काठमाडौँ । ग्यासको भाउ १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति पछि एलपी ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् ।
सरकारसँग आज भएको वार्ता पछि भाउ बढाउने सहित ५ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको हो।
सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर १ हजार ९ सय १० बाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव सहितका सरकारी प्रतिनिधि र उद्योगीबिच भएको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति भएको बताइएको छ।







