२१ फागुन,काठमाडौँ। थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।
हिजो पाइप फुटे पछि थापाथली एरिया जलमग्न बनेको थियो।
खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले फुटेको पाइपलाईन मर्मत सम्पन्न गरेको हो।





