२१ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
मंगलबारको भन्दा थोरैले घटेको हो । सोमबार खरिददर १३९ रुपैयाँ ५० पैसा र बिक्रीदर १४० रुपैयाँ १० पैसा थियो । सोमबार पनि थोरै घटेको थियो ।
केन्द्रीय बैङ्कका अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७७ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ९५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।
यसै गरी, अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ११ पैसा निर्धारण भएको छ ।