समाचार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक 

२१ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । 

आज बेलुकी साढे ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको  छ।

आज दिउँसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दै छ। 

उक्त बैठकमा सरकारले संसद्मा ल्याएको ६ वटा मध्ये ५ वटा अध्यादेश पारित गर्ने  तयारी सरकारको रहेको छ। त्यस लगत्तै साँझ मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।