समाचार

अमेरिकाले ८ नेपालीलाई चार्टर विमानमार्फत नेपाल पठायो

२१ फागुन, काठमाडौँ ।  ट्रम्प प्रशासनले ८ नेपालीलाई चार्टर विमानबाट नेपाल पठाएको छ । उनीहरूलाई आज केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिएको हो ।

आधिकारिक कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने नीति अनुसार सात जना पुरुष र एक जना महिलालाई अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारेको हो। ।

चार्टर विमान अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि सोझै नेपाल आएको हो ।  यसअघि २७ नेपालीलाई अमेरिकाबाट नेपाल फिर्ता गरिसकेको छ।