२१ फागुन, काठमाडौँ । रिंकुकुमारी सदाको मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् । प्रहरीले घटनाका मुख्य आरोपी रुपेश मण्डललाई पक्राउ गरेको हो।
सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनी ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजे मात्रै उनी घरमा रोइरहेको अवस्थामा फेला परेकी थिइन् । अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी थिइन् ।
आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै घरमा झुन्डिएको अवस्थामा ३० माघको राति मृत भेटिएकी थिइन् ।
घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो ।





