राजनीति

 समाजवादी मोर्चाको बैठक सिंहदरबारमा बोलाइयो 

२६ फागुन, काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज सिंहदरबारमा बोलाइएको छ। सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बोलाइएको हो ।

राजावादी दल र समूहका गतिविधि बढिरहेको भन्दै माओवादी केन्द्रले तराई-मधेस जागरण अभियान नै स्थगन गरेर सचिवालय बैठक बोलाएको थियो। सोही पृष्ठभूमिमा समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।

लामो समय सम्म बस्न नसकेको मोर्चाको बैठक राजावादीहरूको आन्दोलन र चहलपहलका कारण  बोलाइएको हो। यस अघि आज बिहान माओवादी केन्द्रको सचिवालय बैठक सम्पन्न भइसकेको छ।