२६ फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। आज सभामुख, प्रमुख सचेतक र सचेतकहरूबिचको छलफल पछि प्रमुख प्रतिपक्षी दलका नेताले समय मागेपछि कार्यतालीका तय गरेको हो।
एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताको तर्फबाट भोलिको बैठकमा समय माग भएका कारण संसद्मा बोल्नका लागि समय निर्धारण भएको हो।
‘पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ । भोलिको संसद्मा बोल्नका लागि संसद्सँग समय माग्नुभएको छ । उहाँले बोल्ने गरी समय निर्धारण भएको छ,’ बर्तौलाले भने ।