२७ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज २ बजे कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ ।
त्यस अघि प्रधानमन्त्री ओली पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने छन्। उक्त कार्यक्रम सकिएपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने तय भएको हो।
आजको प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् । प्रतिपक्षी दलहरूले भने सरकारले आफूहरूसँग छलफल नगरेको भन्दै बैठकमा सहभागी नहुने जनाएका जनाएका छन्। उनीहरूले प्रधानमन्त्रीले राख्ने मन्तव्यका बारेमा प्रतिपक्षी दलहरूलाई अग्रिम जानकारी हुनुपर्ने बताएका छन् ।