२८ फागुन, काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा एक व्यक्तिले राती साढे १२ बजे आत्मदाहको प्रयास गरेका छन् । स्थानीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आफैँ आगो लगाएका थिए ।
घटना थाहा पाएपछि पुगेको प्रहरीले उनलाई उद्धार गरी अस्पताल पुर्याएको छ ।
काठमाडौँ प्रहरीका अनुसार उनको उपचार कीर्तिपुरको बर्न अस्पतालमा भइरहेको छ । उनको हात र अनुहार जलेको छ ।
उनले फेसबुक लाइभमा स्थानीय एक युवतीले मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिथोलिएको, प्रहरीले आफ्नो कुरा नसुनेको र यी सबै कारणले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए ।
उनले दुःख दिएको भनिएकी युवतीको उजुरीको आधारमा यसअघि १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको उल्लेख गरेका छन् । यी सबै कुराले आफूलाई मानसिक यातना बहेको भन्दै आफ्नै शरीरमा आगो लागेका थिए।