राजनीति

सिंजा बहुमुखी क्याम्पस : सभापतिमा आचार्य र सचिवमा नेविसङ्घका शाही निर्विरोध निर्वाचित

२८ फागुन, जुम्ला। सिञ्जा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का सन्तोष आचार्य निर्विरोध निर्वाचित भएका छन्  । 

चार वटा विद्यार्थी सङ्गठनको सहमतिका आधारमा मङ्गलवार आचार्य सभापतिमा निर्वाचित भएको निर्वाचन अधिकृत तीर्थबहादुर नेपालले जानकारी दिए । 

उनका अनुसार उपसभापतिमा अनेरास्ववियु विद्यार्थी सङ्गठनका महेन्द्रराज बम र सचिवमा नेविसङ्घका राजिन्दा शाही निर्वाचित भएका छन्। कोषाध्यक्षमा अखिल समाजवादीका तुलराज तिरुवा र सदस्यहरूमा नेविसंघका राजन बम, अखिल समाजवादीका मोहन भण्डारी र सोविन्द बम निर्विरोध निर्वाचित भएको जनाइएको छ  । क्याम्पसमा हाल १८० विद्यार्थी छन् ।