२८ फागुन, काठमाडौँ । आज बसेको प्रतिनिधि सभाको बैठकमा वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्।
बैठकमा बोल्दै सांसदहरू प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल,चित्रबहादुर केसीले र हितराज पाण्डेले ‘मन्त्रीहरू र प्रधानमन्त्रीको सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?’ भन्दै प्रश्न गरेका हुन्।
सांसदहरूले सरकार बनेको एक महिनामै सम्पत्ति विवरण सार्वजनिक हुनुपर्नेमा नभएको भन्दै सरकारको आलोचना गरेका हुन्। उनीहरूले सुशासन सरकारको व्यवहारमा देखिनुपर्नेमा नदेखिएको बताएका हुन्।
त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद केसीले पनि मन्त्रीहरू र प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुनु पर्ने बताएका छन्।
‘सरकार बनेको सात महिनासम्म आफूले कमाएको सम्पत्ति बुझाउन नसक्ने सरकारले, नचाहने सरकारले ठुला ठुला कुरा र गफ गरेर किन दुनियाँ हँसाउनु ?’ भन्दै सांसद केसीले प्रश्न उठाएका हुन्।