२८ फागुन, काठमाडौँ । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घबाट केन्द्रीय क्याम्पस कीर्तिपुरमा ६ जनाले बागी उम्मेदवारी दिएका छन् ।
उनीहरूले उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै केन्द्रीय क्याम्पस कीर्तिपुरमा ६ जना अनोज कार्की, पद्मा भुसाल, नरेन्द्र साउद, पदम दाहाल, सनम ओली र अक्कल रानाभाटले असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएका हुन् ।
नेविसंघका त्रिवि इकाई कमिटीले अनोजलाई अध्यक्ष उम्मेदवार हुने गरी निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएर उम्मेदवारी पनि दर्ता गराइसकेको थियो, तर केन्द्रले दीपकराज जोशीलाई उम्मेदवार बनाए पछि विवाद बढेको हो। यी दुवै उम्मेदवारको हकमा त्रिवि निर्वाचन समितिले आधिकारिकता खोजे पछि अन्य ५ जनाले पनि उम्मेदवारी दिएका हुन्। अहिले नेविसंघको बागी र आधिकारी सहित ७ जना उम्मेदवार रहेका छन्।
जोशीलाई केन्द्रले आधिकारिक उम्मेदवार भएको निर्वाचन समितिलाई जानकारी गराएको थियो । स्ववियु निर्वाचन समितिले जोशीको उम्मेदवारी निर्धारित समय भन्दा ५ घण्टा ढिला मनोनयन गरेको भन्दै असन्तुष्ट पक्ष नेविसंघले तालाबन्दी समेत गरेको छ ।