२८ फागुन, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा हालसम्म ८२ स्थानको सर्वसम्मत नतिजा सार्वजनिक भएको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत हुने स्ववियु निर्वाचनमा निर्विरोध नतिजा अनुसार एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु अगाडी देखिएको हो।
हालसम्म प्राप्त आँकडा अनुसार नेकपा एमाले निकट अनेरास्ववियु ३२ स्थानमा स्ववियु अध्यक्ष निर्विरोध चयन भएको छ। त्यस्तै नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसंघबाट २८ क्याम्पसमा अध्यक्ष निर्विरोध भएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बाट २१ जना स्ववियु अध्यक्ष निर्विरोध भएका छन्।
एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले मकवानपुरस्थित मनहरी बहुमुखी क्याम्पसमा निर्विरोध अध्यक्ष जितेको छ। त्रिविबाट आङ्गिक ६२ सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा ५ चैतमा हुने गरी कल्याणकारी परिषद्ले निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
अनेरास्ववियुबाट निर्विरोध चयन भएका क्याम्पस र स्ववियु अध्यक्षहरू :

नेविसंघबाट स्ववियु अध्यक्ष निर्विरोध चयन भएकाहरू क्याम्पसहरू :
१) पाथीभरा बहुमुखी क्याम्पस, ताप्लेजुङ
२) एकताप्पा बहुमुखी क्याम्पस, इलाम
३) गोकुण्डेश्वर क्याम्पस, धनकुटा
४) लम्पान्तर बहुमुखी क्याम्पस, सिन्धुली
५) चैतन्य क्याम्पस, काभ्रेपलान्चोक
६) मङ्गल जन विजय क्याम्पस, काभ्रेपलान्चोक
७) कानपुर क्याम्पस, काभ्रेपलान्चोक
८) इन्द्रेश्वर क्याम्पस, काभ्रेपलान्चोक
९) प्रकाश बहुमुखी क्याम्पस, काभ्रेपलान्चोक
१०) पार्वती बहुमुखी क्याम्पस, काभ्रेपलान्चोक
११) मालुङगा बहुमुखी क्याम्पस, स्याङ्जा
१२) चन्द्रकोट बहुमुखी क्याम्पस, गुल्मी
१३) मानका टीकाराम बहुमुखी क्याम्पस, गुल्मी
१४) रुरु संस्कृत विद्यापीठ, गुल्मी
१५) जनज्योति बहुमुखी क्याम्पस, गुल्मी
१६) सत्यवती बहुमुखी क्याम्पस, गुल्मी
१७) रेसुङ्गा बहुमुखी क्याम्पस, गुल्मी
१८) महेन्द्र बहुमुखी क्याम्पस, दाङ
१९) चुरे क्याम्पस, बर्दिया
२०) सदाशिव बहुमुखी क्याम्पस, बर्दिया
२१) कपुरकोट बहुमुखी क्याम्पस, सल्यान
२२) श्री चन्र्देव हिरा सरेन्द्र पूर्ण क्याम्पस, मुगु
२३) मनश्वरार भूमुखी स्यापुस, हुम्ला
२४) गुर्भाकोट बहुमुखी क्याम्पस, सुर्खेत
२५) त्रिपुरा सुन्दरी क्याम्पस, अछाम
२६) अपिनाम्पा क्याम्पस, दार्चुला
२७) राष्ट्रिय क्याम्पस, दार्चुला
२८) श्रीकृष्ण बेजनाथ बहुमुखी क्याम्पस, कञ्चनपुर
अखिल (क्रान्तिकारी) बाट निर्विरोध चयन भएकाहरू स्ववियु अध्यक्षहरू :
१. जुगल ब क्याम्पस, सिन्धुपाल्चोक – सुस्मिता श्रेष्ठ
२. सहयोगी बहुमुखी क्याम्पस, काठमाडौँ –प्रदीप श्रेष्ठ
३. नेत्रावती बहुमुखी क्याम्पस धादिङ – अभिषेक थपलिया
४. शीतल क्याम्पस चौरजहारी, रुकुम पश्चिम– प्रकाश डाँगी
५. शान्ति आदर्श बहुमुखी क्याम्पस चौघान पाटा बझाङ– बम धामी
६. सिञ्जा बहुमुखी क्याम्पस जुम्ला – सन्तोष आचार्य
७. राडी ज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम – सुप्रिम ओली
८. गलुवा क्याम्पस, हुम्ला – रिमिलाल बुढा
९. शंकरापुर क्याम्पस, दार्चुला – जानकी टमटा
१०.श्रीकृष्ण क्याम्पस, काभ्रे – सविन श्रेष्ठ
११. सञ्जिवनी क्याम्पस, काभ्रे –दिपक रानामगर
१२. प्रभा बहुमुखी क्याम्पस , काभ्रे– सुजन चौलागाई
१३. आदर्श जनता क्याम्पस, सर्लाही – रेवेन्द्र दाहाल
१४. बनगाढ क्याम्पस, सल्यान – जिवन विष्ट
१५. भाषा क्याम्पस धनकुटा – सरोज थापा
१६. सिद्दीपृथ्वी जनता क्याम्पस , दाङ – सुदिप चौधरी
१७. सिम्रुतु क्याम्पस त्रिवेणी , रुकुम पश्चिम – दिपेन्द्र ओली
१८. सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – बीरभान भण्डारी
१९. लिकु संयुक्त क्याम्पस , डोल्पा – राजेन्द्र गिरी
२०. स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम – टेकराज विश्वकर्मा
२१. तिनपाटन बहुमुखी क्याम्पस, सिन्धुली– दुर्गाबहादुर मगर