२९ फागुन, काठमाडौँ । प्रहरीले काठमाडौँको विभिन्न ठाउँबाट होली खेल्ने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ११ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा ९ पुरुष र २ महिला रहेका छन् ।
प्रहरीका अनुसार ३९ थान दुई पाङ्ग्रे १ थान चार पाङ्ग्रे सवारीलाई समेत नियन्त्रणमा लिइएको छ । न्यूरोड क्षेत्रबाट ३ पुरुष पक्राउ परेका छन् । कोटेश्वरबाट ४ र सिंहदरबार पश्चिम गेटबाट २ पुरुष पक्राउ परेका छन् । त्यस्तै पकनाजोलबाट दुई महिलालाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार यो विवरण दिउँसो २ बजेसम्मको हो । साँझसम्म अझै धेरै नियन्त्रणमा आउन सक्ने बताइएको छ।