समाचार

होलीमा अवाञ्छित गतिविधि गर्ने झन्डै साढे २ सय बढी सवारीसाधन प्रहरी नियन्त्रणमा

२९ फागुन, काठमाडौँ । होलीको अवसरमा अमर्यादित गतिविधि गरेको भन्दै काठमाडौँ उपत्यकाकाबाट साढे दुई सय बढी सवारी नियन्त्रणमा लिइएको छ ।

 तीन जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुरबाट २५३ सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ

काठमाडौँबाट दुई पाङ्ग्रे १८२ र चार पाङ्ग्रे १३, त्यस्तै, ललितपुरबाट दुई पाङ्ग्रे १७ र भक्तपुरबाट दुई पाङ्ग्रे ३१ र चार पाङ्ग्रे १० गरी जम्मा २५३ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

 प्रहरीले बताए अनुसार ४९ वटा सवारी चालकले मापसे सेवन गरेर चलाइएकोले नियन्त्रणमा लिइएको छ ।

 लागूपदार्थ सेवन (ला प से) गरेका ८ सवारी नियन्त्रणमा लिइएको छ । बाँकी २०४ ट्राफिक नियम उल्लंघन गरेकाले नियन्त्रणमा लिएको हो।