२९ फागुन, काठमाडौँ । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागी त्रिचन्द्र बहुमुखी क्याम्पसमा सभापतिका लागी ९ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्।
उम्मेदवारी दिएकाले नाम फिर्ता लिने समय सकिएपछि निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीमा सभापतिका लागि सागर न्यौपाने (स्वतन्त्र), अखिल क्रान्तिकारीकी मुना पौडेल, नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी सङ्घका विवेक बानिया, श्रीधर श्रेष्ठ (स्वतन्त्र), नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घकी जेनिशा तिमिल्सेना रहेका छन्।
त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका अश्विन नेपाल, अनेरास्ववियुका प्रमित विष्ट, नेपाल विद्यार्थी सङ्घका गोविन्द कोइराला र अखिल (क्रान्तिकारी)का प्रदीप भट्ट रहेका छन् ।
सचिवमा ७ जना, कोषाध्यक्षमा ६ जना, प्रत्यक्षतर्फको सदस्यको लागि २९ जना र समानुपातिकतर्फको सदस्यको लागि २४ जनाको नाम समितिले सार्वजनिक गरेको छ ।