२९ फागुन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यातायात व्यवस्था कार्यालयको आधुनिक ट्रायल सेन्टर नेपालकै नमूना हुने बताएका छन् ।
आज जनकपुरधामको वडा नं ८ स्थित यातायात व्यवस्था कार्यालयको भवन निर्माणको शिलान्यास गर्दै उनले भवन निर्माणपछि सेवाप्रवाहमा पनि सहज हुने उल्लेख गरे ।
त्यसअवसरमा प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री रायले यातायात क्षेत्रमा रहेको बिचौलिया गतिविधि र दुरुपयोग रोक्न स्वचालित परीक्षण केन्द्रसहितको कार्यालय भवन बन्न लागेको बताए । भवन निर्माणका लागि सीता कुण्डका महन्तरामनरेश दासले एक बिघा जग्गा उपलब्ध गराएको यातायात व्यवस्था कार्यालयका प्रमुख सिंहले जानकारी दिए ।