राजनीति

समाजवादी मोर्चाको बैठक जारी, ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी 

१ चैत, काठमाडौँ । समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा अहिले बैठक बसिरहेको हो ।

आगामी चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा प्रदर्शन गर्ने निर्णय गरिसकेको मोर्चाले आजको बैठकमा भने आगामी कार्यक्रमका विषयमा छलफल गरिरहेको बुझिएको छ। यस अघि बसेको मोर्चाको बैठकले गणतन्त्र पक्षधरलाई एक ठाउँमा ल्याएर जनप्रदर्शन गर्ने निर्णय गरेको थियो। 

गत  फागुन २५ गते राप्रपा, राप्रपा नेपाल लगायत राजसंस्था पक्षधरले काठमाडौँमा प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो ।

आगामी कार्यक्रमबारे मोर्चाले आज अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।