समाचार

प्रधानमन्त्री ओलीद्वारा राजनीतिक संयन्त्रको बैठक आह्वान

१ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएका छन्। 

सरकार सञ्चालनमा रहेका प्रमुख सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू सम्मिलित संयन्त्रको बैठक बोलाइएको हो ।

बैठक साँझ ५ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संयन्त्रमा सत्तासाझेदार दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेता छन्। 

फागुन  २५ गते आइतबार राजावादीले काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँमा गरेको प्रदर्शनपछि नेपाली राजनीति तरङ्गित बनेको छ। यसै सन्दर्भमा समेत छलफल हुने अनुमान गरिएको छ।