समाचार

एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गयो 

३ चैत, विराटनगर । गएराती कोसी राजमार्गको मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना  हुँदा चालक २४ वर्षीय आशिष राईको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शनिवार राति कोसी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि एम्बुलेन्स दुर्घटना भएको हो।  

घाइते चालकको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक चालक उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका थिए । प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने जनाएको छ।