समाचार

पद्म कन्या क्याम्पसमा नेविसंघका दुई प्यानल, चैत ७ मा सर्‍यो चुनाव 

३ चैत, काठमाडौँ । स्ववियु निर्वाचन नजिकिँदै गर्दा पद्म कन्या क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको दुई जनाको उम्मेदवारी परेको छ । 

स्ववियु निर्वाचनका संस्थापन पक्षबाट आधिकारिक उम्मेदवारमा पूर्णिमाया परियारले उम्मेदवार दर्ता गराए पनि स्वतन्त्र समूह बनाए नेविसंघकै भुपी एैरले अध्यक्षमा नाम दर्ता गरेकी हुन्। 

पद्म कन्या क्याम्पसमा आधिकारिक र स्वतन्त्र गरी नेविसंघको दुई प्यानल बनेको छ।

परियारलाई पार्टी सभापति शेरबहादुर देउवा पक्षको समर्थन छ भने स्वतन्त्र उम्मेदवारी दिएकी एैरलाई महामन्त्री गगन थापा पक्षको समर्थन रहेको छ। 

त्यस्तै परियार पक्षधरले तालाबन्दी गरेका कारण पद्म कन्या क्याम्पसमा आज मात्रै उम्मेदवारी दर्ता भएको छ । तालाबन्दीका कारण पद्म कन्या क्याम्पसमा स्ववियु निर्वाचन दुईदिन पछि ७ चैतमा हुने छ । पद्म कन्या क्याम्पसमा आठ विद्यार्थी सङ्गठनले उम्मेदवारी दर्ता गरेका छन् ।