समाचार

स्ववियु निर्वाचन : राप्रपाको विद्यार्थी सङ्गठनका उम्मेदवारको उम्मेदवारी खारेज 

४ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विद्यार्थी सङ्गठनबाट अध्यक्षमा उम्मेदवारी दिएका नवीन ऐरको उम्मेदवारी खारेज भएको छ ।  नेपाल कमर्स क्याम्पस स्ववियुमा उम्मेदवारी दिएका ऐरको भर्ना प्रक्रियामा कैफियत देखिएकाले उम्मेदवारी खारेज भएको हो। 

निर्वाचन समितिका अनुसार भर्ना प्रक्रियामा कैफियत देखिएको र उम्मेदवार स्वयमले उम्मेदवारी फिर्ता गरि पाउँ भनेर निवेदन दिएकोले अध्यक्षको उम्मेदवारी रद्द गर्ने निर्णय भएको  हो। 

अब ऐरको उम्मेदवारी रद्द भएसँगै नेपाल कमर्स क्याम्पस स्ववियुको अध्यक्षमा चार जनाको उम्मेदवारी कायम रहेको छ । काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) रविन ओली,एमाले निकट राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विशाल रोकाहा, माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी अन्य क्रान्तिकारी सुगठनहरूसहितको गठबन्धनमा काशीराम जैसीको उम्मेदवारी रहने छ। 

जैसी नेतृत्वको प्यानललाई नेकपा एकीकृत समाजवाद निकट र धर्मेन्द्र बास्तोला निकट विद्यार्थी सङ्गठनको समर्थन छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको अखिल समाजवादी पनि चुनावी मैदानमा छ । अखिल समाजवादी सलुन खड्का नेतृत्वमा चुनावी मैदानमा छ ।यस 

नेपाल कमर्स क्याम्पसमा कूल ६ हजार ६१७ जना मतदाता रहेका छन् ।