४चैत, काठमाडौँ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेसका सभापति शेरबहादुर देउवासँग संवाद गरेका छन् । उनले गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको र यस तर्फ गठबन्धन सरकारलाई गम्भीर र जिम्मेवार भएर काम गर्न आग्रह गरेको बताइएको छ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालको सचिवालय स्रोतले जनाए अनुसार सरकारका कारण राजावादी सक्रिय भएकाले प्रतिपक्ष दलका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।
उनले संवादका क्रममा आवश्यक परे गणतन्त्रवादीहरू एक भएर जानुपर्ने बताएको श्रोतले जनाएको छ। जवाफमा प्रधानमन्त्री ओली र देउवाले सरकार परिणाममुखी काम गर्न प्रतिबद्ध रहेको बताएका थिए।





