४ चैत, काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको ३१औँ आइजिपीमा दीपक थापालाई नियुक्त गरेको छ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा गर्ने निर्णय गरेको हो।
आजै ३० वर्षे सेवा अवधिका कारण आइजिपी वसन्त कुँवर अनिवार्य अवकाशमा जाँदै छन् । त्यसको पूर्व सन्ध्यामा सरकारले थापालाई आइजिपीमा नियुक्त गरेको हो ।
प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए ।