समाचार

बुढानीलकण्ठमा काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै 

५ चैत, काठमाडौँ । नेपाली काँग्रेसले  पदाधिकारी र पूर्वपदाधिकारीहरूको संयुक्त बैठक बोलाएको छ । 

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो। 

सभापति देउवाको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। 

त्यस्तै केही दिन अघि राजसंस्था पक्षधरहरूले गरेको आन्दोलन र प्रदर्शनको सन्दर्भमा पनि छलफल हुने बुझिएको छ।