५ चैत ,काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखामा २० करोडभन्दा बढी रकम बरामद गरेको ट्रकका चालकको पहिचान खुलेको छ। उनी सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-१, का ४३ वर्षीय कुसाङ लामा रहेको खुलेको हो।
प्रहरीको विशेष टोलीले उक्त रकम ना१ख १६५२ नम्बरको ट्रकबाट बरामद गरेको थियो। सुरुमा २५ करोड अनुमान गरेपनि अहिले २० करोड माथि हुनसक्ने प्रहरीले जनाएको छ।
प्रहरीले यस विषयमा अहिले दिउँसो साढे १ बजे पत्रकार सम्मेलन विस्तृत जानकारी दिने तयारी गरेको छ।
टोखा नगरपालिका-१ झोर क्षेत्रबाट ट्रकसहित चालक र उक्त रकम प्रहरीले नियन्त्रणमा लिएको थियो।