५ चैत, काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा सुरु नहुँदै नजिता प्रकाशनको मिति सार्वजनिक गरेको छ। यही चैत ७ गतेबाट एसइईको परीक्षा सुरु हुँदै छ।
नतिजा आगामी असार ७ गतेभित्र प्रकाशन गर्नेबोर्डको तयारी छ।
बोर्डले परीक्षा सञ्चालन भएको ९० दिनभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरिएको बताएको छ। पर्सि बिहीबार बिहान ८ बजे सुरु हुने परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन्।
नतिजा कहिले आउँछ भनेर विद्यार्थीलाई अन्योल नहोस् भनेर यस वर्ष नतिजा निकाल्ने मिति तोकिएको बोर्डले स्पष्ट पारेको छ।