६ चैत, काठमाडौँ । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। अदालतको यस आदेश सँगै चैत ८ गते हुने भनिएको निर्वाचन अनिश्चित बनेको हो।
त्रिवि प्रशासन र निर्वाचन समितिले चैत ५ गते गर्ने भनिएको निर्वाचनमा विद्यार्थी सङ्गठनहरूको असहमतिका कारण पर्सी चैत ८ गतेका लागि नयाँ मिति तय भएको थियो।
उच्च अदालत पाटनका न्यायाधीश डालकुमार खड्काको इजलासले दुवै पक्षलाई भोलि नै छलफलमा बोलाउदै निर्वाचन रोक्न भनी आदेश जारी गरेको हो।
